दफा १५
लेखा र लेखापरीक्षण
(१) प्रतिष्ठानको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।
(२) प्रतिष्ठानको लेखापरीक्षण महालेखा परीक्षक वा निजले तोकेको कुनै दर्तावाला लेखापरीक्षकद्वारा हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा प्रतिष्ठानको हिसाब किताब सम्बन्धी कागजात र नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न वा जचाउन सक्नेछ ।